काठमाडौं । ललितपुरको धोविघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी समर फ्री चेकअप र एक्सचेन्ज क्याम्प हुने भएको छ । जेठ २८ देखि ३० गतेसम्म गरी ३ दिन चल्ने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीहरुको निःशुल्क २५ प्वाइन्ट जनरल चेकअप गरिने सर्भिस सेन्टर हेड मधुसूदन सिग्देलले बताएका छन् ।
सो अवसरमा स्पेयर पार्ट्समा १० प्रतिशत, एसेसरिजमा १० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ । त्यसैगरी गाडीमा कम्प्लिमेन्टरी वास र समर भेइकल केयर टिप्स तथा अन्य थुप्रै सुविधाहरु उपलब्ध गराइने बताइएको छ ।
सोही अवसरमा कुनै पनि पुरानो गाडीको सट्टामा नया“ गाडी साट्न सकिने गरी एक्सचेन्ज सुविधा समेत उपलब्ध हुनेछ । एक्सचेन्जका लागि शून्य दशमलव ५ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा समेत उपलध हुनेछ ।
त्यसैगरी निःशुल्क नामसारी र सवारी कर समेत छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । यसरी ग्राहकहरुले ३ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने दावी गरिएको छ ।
सुजुकी सर्भिस सेन्टरको रुपमा रहेको सौर्य इन्टरप्राइजेज कन्सर्नको समन्वयमा सो क्याम्प हुन लागेको हो ।