Logo

वीमा समुहको लगानीकर्ताले कमाउदा बैंकले गुमाए, एनएलआइसीको मात्र २४ करोडको कारोवार

वीमा समुहको लगानीकर्ताले कमाउदा बैंकले गुमाए, एनएलआइसीको मात्र २४ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक १९ दशमलव ९० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ६६ दशमलव ७० अंकमा पुगेर बन्द भएको हो ।

विहीवार बैंकिङ र होटलबाहेक सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक ५ सय ९५ दशमलव ४३ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक १२,फाइनान्स ५ दशमलव ३७,अन्य ४ दशमलव ७ र जलविद्युत ४ दशमलव ६१ अंकले बढेको हो ।

यता सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहने बैंकिङ समुह र होटलको परिसुचक क्रमशः १ र ६ दशमलव ४८ अंकले घटेको छ । बिहीवार नेपाल लाइफ इनस्योरेन्सको २४ करोड ८ लाखको कारोवार भएको छ ।

१ सय ३७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १८ लाख ८८ हजार कित्ता सेयरबाट १ अर्व ८९ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL