काठमाडौं । बुधवार नेप्से परिसुचक १५ दशमलव ३१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ४६ दशमलव ८० अंकमा पुगेर बजार बन्द भएको हो ।
बुधवार बीमा समुहको परिसुचक सबैभन्दा बढी अंकले बढेको छ । बीमा समुह ३ सय ८७ दशमलव २ अंकले उकालो लागेको हो । त्यस्तै उत्पादन समुह २५ दशमलव ९४,विकास बैंक १० दशमलव ८३ र जलविद्युत ९ दशमलव २३ अंकले बढेको छ ।
त्यसैगरी फाइनान्स ३ दशमलव ६ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २ दशमलव ८२ अंकले उकालो लागेको छ ।
यता होटल समुहको परिसुचक भने २७ दशमलव ९१ अंकले घटेको छ । सो दिन १ सय ३४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १६ लाख ५२ हजार कित्ता सेयरबाट १ अर्व २९ करोडको कारोवार भएको छ ।