Logo

इटहरीमा जियोनीको शोरुम, एमआइफाइभ मिनी सार्वजनिक

इटहरीमा जियोनीको शोरुम, एमआइफाइभ मिनी सार्वजनिक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जियोनिले इटहरीमा मोबाईलको एक्सक्लुसिभ शोरुम स्थापना गरेको छ । सो शोरुमको मिस नेपाल अस्मी श्रेष्ठले उदघाटन गरिन् ।

शोरुममा जियोनिका सम्पूर्ण मोडेलहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पीनीले नेपालका अरु विभिन्न ठाउँमा एक्सक्लुसिभ शोरुम संचालन गर्ने जानकारी दिएको छ ।

हाल नेपाली बजारमा जियोनिका १४ ओटा मोडेल उपलब्ध छन् । यसैवीच जियोनिले एमफाइभ मिनी नेपालमा ल्याएको छ । नयाँ फोन एमफाइभ मिनीमा पाँच इन्चको स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

१ दशमलव ३ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको स्मार्टफोनमा ४ हजार एमएएचको ब्याट्री रहेको छ । जुन साधारण स्मार्टफोनको ब्याट्री भन्दा दुई गुना बढी क्षमताको हो । एमफाइभ मिनीमा २ जि बि र्याम र १६ जी बि रोम कार्डबाट १२८ जी बि थप्न सकिने कम्पनीले जानकारी दिएको छ ।

फोनमा जियोनिको आफ्नै सफ्टवेर अमिगो ३ दशमलव १ छ जुन एन्ड्रोइड ५ दशमलव १ मा आधारित हो । एमफाइभ लाइटले एकै समयमा रिभर्स ओ टि जी प्रविधि मार्फत अन्य फोन चार्ज गर्न सक्दछ । एमफाइभ लाइटको बजार मूल्य १७ हजार रुपैँया तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL