Logo

घरेलु महासंघको अध्यक्षमा गिरीसहित सवै पदाधिकारी सर्वसम्मत निर्वाचित, महिला उद्यमीमा अञ्जु उपाध्य

घरेलु महासंघको अध्यक्षमा गिरीसहित सवै पदाधिकारी सर्वसम्मत निर्वाचित, महिला उद्यमीमा अञ्जु उपाध्य


बिजखबर संवाददाता
27
Shares

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् । काठमाडौंमा मंगलवार सम्पन्न महासंघको २३ औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गिरी सहित सवै पदाधिकारी र सदस्यको निर्विरोध निर्वाचित गरेको हो । गिरी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए ।

fnsci

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उमेश प्रसाद सिंहलाई निर्वाचित गरेको छ । त्यसैत, साना उद्योगतर्फमो उपाध्यक्षमा विष्णु बहादुर लुईटेल, घरेलुतर्फको उपाध्यक्षमा पूर्ण बहादुर भण्डारी, लघुतर्फको उपाध्यक्षमा चन्दनकृष्ण श्रेष्ठ, महिला उद्यमीतर्फको उपाध्यषमा शोभा गूर, वस्तुगत उपाध्यक्षमा मोहन कटवाल र एसोसिएट उपाध्यक्षमा कुमार गिरी निर्वाचित भएका हुन् ।

त्यस्तै, प्रदेश एकमा राजेश कोइराला, प्रदेश दुईमा सत्यय नारायाण अग्रवाल, प्रदेश ३ मा सुर्य बहादुर कंडेल, प्रदेश ४ मा हरिहर थापा, प्रदेश ५ नेत्रप्रसाद पाठक, प्रदेश ६ चन्द्र बहादुर विसी, प्रदेश ७ प्रकाश बहादुर रावल र उपत्यका हेर्ने उपाध्यक्षमा प्रकाश बहादुर कायस्थ निर्वाचित भएका हुन् । महाधिवेशनले महासंघको महासचिव  डम्बर प्रसाद रेग्मी, कोषाध्यषमा सत्य नारायण प्रजापति, सचिवमा प्रमिला वस्नेत र सहकोषाध्यक्षमा शंकर प्रसाद आचर्यलाई निर्विरोध निर्वाचित गरेको हो ।

महाधिवेशनले केन्द्रिय महिला उद्यमी समितिको सभापतिमा अञ्जु उपाध्यय सिपालाई निर्वाचित गरेको छ । समितिको उप सभापतिमा रोश्नी उपाध्यय, सचिवमा शान्ता बास्कोटा कोइराला, कोषाध्यक्ष लक्ष्मी गिरी, सह सचिव रिता प्रजापति अवाल र सहकोषाध्यक्ष पुष्कर लक्ष्मी श्रेष्ठ निर्वाचित भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL