Logo

साझाले अशोश लेलैण्डका यस्ता बस ल्याउँदै छ, एक पटकमा १ सयले यात्र गर्ने

साझाले अशोश लेलैण्डका यस्ता बस ल्याउँदै छ, एक पटकमा १ सयले यात्र गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साझा यातायातले असोक लेलैण्डका यूरो ३ मापदण्डका बसल ल्याउने भएको छ । साझाले ल्याउन लगोको बसको अध्ययन गर्न गएको टोलीले अशोक लेलैण्डका ११ मिटर लामो ४० सिट भएको बस ल्याउन लागेको हो ।

sajha-ashok-layland

अशोक लेलैण्डका बस आयातका लागि साझा र नेपाल स्थित असोक लेलैण्डका आधिकारीक विक्रेता आईएमई ग्रूप अन्र्तगतको एलटी इन्टरप्राईजेज भारत भ्रमणमा गएका थिए । उक्त टोलीले बस निर्माता कम्पनीमै गएर आफुले ल्याउन लागेको वसको वारेमा बुझेको भ्रमण टोलीका सदस्य तथा एलटी इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले जानकारी दिए ।

शिवाकोटीका अनुसार साझाले अशोक लेलैण्डको हरियो रङ्को वस ल्याउने भएको छ । जसमा क्लोज सर्किट टेलिभिज (सिसिटिभी)का साथै, एलइडी डिस्प्ले र ७५० एमएमको ग्याङवे हुने छ । बसमा ४० वटा सिट भएपनि भित्र फराकिलो स्पेस भएका कारण एक पटकमा १ सय जनायात्रु चढ्न सक्नेछन् । साथै बसको हरेक सिटमा ग्रयाव ह्याण्डलिङ हुने छ ।

साझाले दुईवटा ढोका हुने अपांगमैत्री बस ल्याउने भएको छ । बसको पछिल्लो भागको ढोकाबाट ह्वील चियर प्रयोगकर्ताहरु सजिलै चढ्न सक्नेछन् । साझाले ल्याउन लागेको अशोक लेलैण्डको प्रति वस मुल्य ३२ लाख रुपैयाँ पर्ने छ ।

केही समयअघि मात्र बस खरिद सम्बन्धमा साझा र बस निर्माता कम्पनी अशोक लेलैण्डबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार साझाले अशोक लेलैण्डका ३० वटा बस खरिद गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL