Logo

घरेलु महासंघमा सहमतीबाट नेतृत्व चुनिदै, केही वेरमै नतिजा प्रकाशित

घरेलु महासंघमा सहमतीबाट नेतृत्व चुनिदै, केही वेरमै नतिजा प्रकाशित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको नेतृत्व सहमतीबाट चुनिने पक्का भएको छ । काठमाडौंको कमलादीमा जारी महासंघको २३ औं राष्ट्रिय महाधिवेशनले सहमतीय नेतृत्व चुन्ने भएको महासंघ अध्यक्ष सुरेश प्रधानले बताए । ‘निर्वाचन नहुने पक्कापक्की भइसक्यो, नेतृत्वको नाम पनि लगभग निश्चित भइसकको छ’ उनले भने, ‘एक घण्टाभित्रै सर्वसम्मतरुपमा चयन भएको पदाधिकारीको नामावली घोषणा गर्ने छौं ।’

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ८ जना उपाधध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सात जना सचिव चयन गर्ने छ । कार्यकारीणी सदस्यका लागि भने निर्वाचन हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL