Logo

नेपाललाई ‘अन्ना’को सदस्यता प्राप्त, विश्वस्तरमा विस्तार र प्रवद्र्धन गर्न सहज

नेपाललाई ‘अन्ना’को सदस्यता प्राप्त, विश्वस्तरमा विस्तार र प्रवद्र्धन गर्न सहज


बिजखबर संवाददाता
0
Shares

काडमाडौं । नेपालले नेशनल नम्बर एजेन्सी एशोसियशन (अन्ना)को सदस्यता प्राप्त गरेको छ । धितोपत्र बजारको अन्तरराष्ट्रियकरण गरी स्तर अभिवृद्धि गर्ने बोर्डको नीति अनुरुप नेपालले अन्नाको ९२ औं सदस्य भएको छ ।

अन्नाको यही जुन २ र ३ तारिखमा भएको आर्मेनियामा भएको वार्षिक साधारणसभाले नेपालाई सदस्यता प्रदान गरेको हो । सन् १९९२ मा स्थापित जर्मनीमा मुल्य कार्यालय रहेको अन्नाको ९२ पूर्ण सदस्य तथा २५ पार्टनर कन्ट्री रहेका छन् ।

बोर्ड सन् २०१० देखि अन्नाको पार्टनर कन्ट्रीको रुपमा रहँदै आएको थियो । जस अन्तरगत बोर्डले २०६९ मा सिडिएस एण्ड क्लियरिङलाई इन्टरनेशनल सेक्युरिटी आइडिण्डीफिकेशन नम्बर प्रदान गर्ने अधिकार दिएको थियो । जस अनुसार सिडिएस एण्ड क्लियरिङले अन्नाको सदस्यको रुपमा नेशनल नम्बरिङ एजेन्सीको कार्य गर्ने छ ।
आन नम्बर दि वल्र्ड भन्ने मान्यता लिएको अन्नाले विश्वधितोपत्र सम्बन्धी उद्योगको फाइदाको लागि विश्वमा उपलब्ध धितोपत्रको चिनारी दिने, धितोपत्र तथा अन्य वित्तीय साधनहरुको विश्वस्तर विकास तथा प्रवद्र्धन गर्ने, आइएसओ स्तर विकास प्रकृयामा योगदानगर्ने तथा विकसित स्तरहरुको शीघ्र, यर्थार्थ तथा गुृणस्तरीय प्रयोगलाई सुनिश्चितगर्ने जस्ता काम गर्दै आएको छ ।

अन्नाको हालै सम्पन्न वार्षिक साधारण सभामा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको नेतृत्वमा निर्देशक डा.नबराज अधिकारी, नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सिताराम थपलिया तथा सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको टोलीले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा बोर्डका अध्यक्ष डा.कार्कीले नेपालको धितोपत्र बजाररका प्रगतिसम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।

अन्नको सदस्यता प्राप्त गरेसँगै बोर्डले नेपालको धितोपत्र बजारको विश्वभरका लगानीकर्ताहरु माझ पहिचान हुने, वित्तीय साधनको पहिचान सम्बन्धी अन्तर्राष्ट्रिय स्तर विकासको अवसर प्राप्त हुने विश्वास लिएको छ । यसैगरी, तथ्याङ्कमा सहज पहुंच, धितोपत्र बजारको अन्तरराष्ट्रियकरण भई स्तर अभिवृद्धि हुने समेत बोर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL