Logo

रोयल इन्फिल्डको नयाँ शोरुम जनकपुरमा, वितरकमा नारायणी मोटर्स

रोयल इन्फिल्डको नयाँ शोरुम जनकपुरमा, वितरकमा नारायणी मोटर्स


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलले जनकपुरमा शोरुम स्थापना गरेको छ । नारायणी मोटर्सले रोयल इन्फिल्डको डिलरको रुपमा शोरुम स्थापना गरेको हो ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले एक समारोहबीच नारायणी मोटर्सको उद्घाटन गरे । सो अवसरमा अध्यक्ष दुगडले रोयल इन्फिल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको र यो एउटा आवश्यक सवारी साधनको रुपमा परिचित भएको बताए ।

शोरुम उद्घाटनको अवसरमा ‘मिथिला राइड’ समेत आयोजना गरिएको थियो । मिथिला राइडमा रोयल इन्फिल्डका बाइकले सहर परिक्रमा गरेका थिए ।
जनकपुरको मुजेलियामा खोलिएको उक्त सोरुमबाट सबै मोडलका रोयल इन्फिल्ड बाइक उपलब्ध गराइने बताइएको छ ।

नारायणी मोटर्सले ३ महिनामा ५० मोटरसाइकल बिक्री गरिसकेको र एक बर्षमा २ सय मोटरसाइकल बिक्री गर्ने लक्ष्य लिएको बताएको छ । आगामी दिनमा प्रत्येक महिना विभिन्न प्रकारका राइड कार्यक्रम आयोजना गरिने बताइएको छ । सोरुम उद्घाटनको अवसरमा नारायणी मोटर्सका सञ्चालक डा. अभिशेक गोयन्का र दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अपरेसन मेघराज पौडेलको समेत उपस्थिति थियो ।

नारायणी मोटर्सले मोटरसाइकल बिक्री–वितरण गर्नुका साथै स्पेयर पार्ट्स र मर्मत सुविधा समेत उपलब्ध गराउने छ । नेपालमा दुगड ब्रदर्स एन्ड सन्स रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL