Logo

पुरानै लयमा नेप्से, साढे ३३ अंकले बढ्दा १ अर्व १५ करोडको कारोवार

पुरानै लयमा नेप्से, साढे ३३ अंकले बढ्दा १ अर्व १५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोश्रो दिन नेप्से पून पुरानै लयमा फर्किएको छ । सोमवार नेप्से परिसुचक ३३ दशमलव ६६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय १६ दशमलव ८० अंकले उकालो लागेको हो । आइतवार ३५ अंकले घटेको नेप्से सोमबार पून पुरानो लयमा फर्किएको हो ।

सोमवार होटल बाहेक अन्य समुहको उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ७५ दशमलव ३५ अंकले बढेको छ । त्यस्तै जलविद्युत ५७ दशमलव १६ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुह ३८ अंकले उकालो लागेको छ ।

सो दिन विकास बैंक २५ दशमलव ५६ अंक र फाइनान्स र अन्य समुह क्रमशः६ दशमलव ७१ र २ दशमलव ३४ अंकले बढेको छ । यता होटल समुहको परिसुचक भने ३९ दशमलव १४ अंकले ओरालो लागेको छ ।

सोमबार १ सय ३४ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १६ लाख २२ हजार कित्ता सेयरबाट १ अर्व १५ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL