काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हेलो हुन्डाई ओनर्स’ विजेताको नाम सार्वजनिक गरेको हो । सो योजना अन्तरगत अमित श्रेष्ठ र राजेन्द्र गुरुङ्लाई बिजेता घोषणा गरिएको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरुलाई लक्की ड्र मार्फत छनोट गरिएको हो ।
कम्पनीले हुन्डाई गाडीका ग्राहकहरुलाई लक्षित गरेर उक्त योजना ल्याएको थियो । विजेताहरुले फ्रान्समै गएर युरो कप २०१६ को फाइनल खेल हेर्न पाउने छन् ।
हुन्डाईले यस अघि पनि बिभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय फूटबलको प्रचार बिभिन्न योजना र गतिबिधिका माध्यमबाट गर्दै आएको छ ।