Logo

बुधबार नेप्सेमा ३८ अंकको गिरावट, २०३ कम्पनीको सेयरमूल्य ओरालो

बुधबार नेप्सेमा ३८ अंकको गिरावट, २०३ कम्पनीको सेयरमूल्य ओरालो



काठमाडौं । बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च गिरावट देखिएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएसँगै ओरालो लागेको नेप्से आज पनि ३८.८३ अंकले घट्दै १८ सय ४९ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका ८७ लाख ३६ हजार १ सय २८ कित्ता सेयर ३६ हजार ८ सय ९३ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ नाघेको छ ।

आज दिनभरको कारोबारमा २ सय ३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १६ कम्पनीको सेयरमूल्य मात्रै बढेको छ । जसमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै आज प्रभु बैंकको सबैभन्दा बढी ३४ करोड रुपैयाँको सेयर कारोबार हुँदा शिवम सिमेन्टको भने ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्