Logo

अर्थमन्त्रीको आरोप : बजारमा ठूला लगानीकर्ताले चलखेल गरे, अब कडाईका साथ नियमन गरिन्छ

अर्थमन्त्रीको आरोप : बजारमा ठूला लगानीकर्ताले चलखेल गरे, अब कडाईका साथ नियमन गरिन्छ



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला लगानाीकर्ताका कारण सेयर बजार अस्थिर भएको बताएका छन् । उनले बजेटपछिको छलफल कार्यक्रममा बोल्दै अहिले सेयर बजारलाई नै मुख्य आन्दानीको स्रोत बनाएकाले बजेटको विरोध गरेको र उनीहरुकै कारण बजार भोलाटायल भएको आरोप लगाएका हुन् ।

यस्तै ठुला लगानीकर्ताले नै बजारलाई चलखेल गरेर एकैपटक माथि लैजाने र तल ल्याउने गरिरहेको समेत उनको आरोप छ । ‘सेयर बजारमा हुने यस्तै चलखेललाई रोक्न बजेटमा केहि बुँदाहरु थपेका हौं,’ उनले भने, ‘अहिले बजारलाई नै आन्दानीको स्रोत बताउँदै आएका ठूला लगानीकर्ताले बजेट माथि नकारात्मक प्रश्न उठाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL