Logo

जागिरेले ३९ प्रतिशत कर तिर्ने अनि सेयरबाट अर्बौं कमाउनेले चाहिँ तिर्न पर्दैन ? अब लगानीकर्ताले कराएको भरमा छुट पाउँदैनन् : अर्थमन्त्री

जागिरेले ३९ प्रतिशत कर तिर्ने अनि सेयरबाट अर्बौं कमाउनेले चाहिँ तिर्न पर्दैन ? अब लगानीकर्ताले कराएको भरमा छुट पाउँदैनन् : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारलाई आम्दानीको मुख्य स्रोत बनाएकाले बजेटमाथि प्रश्न उठाएका बताएका छन् । बुधबार पोस्ट बजेट सम्बन्धी छलफलमा बोल्दै उनले साधारण लगानीकर्तालाई नयाँ नियमले असर नगर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले सेयर बजारबाट गरिएको आम्दानीको आयकर तिर्नैपर्ने भएपनि बजेटमा समेटिएको बुँदालाई देखाएर पेसेवर लगानीकर्ताले सम्पूर्ण लगानीकर्तालाई निरुत्साहित बनाउने काम गरेको उनको आरोप थियो ।

‘नियमित सेयर व्यवसाय गर्ने अर्थात सेयर बजारलाई नै आम्दानीको स्रोत बनाएकालाई बजेटले कर तिर्नुपर्ने व्यवस्था गरेको हो,’ उनले भने, ‘सोही बुँदाहरुलाई देखाएर आयकर लाग्दै नलाग्ने साना लगानीकर्तालाई समेत यसको डर देखाएर बजेटमाथि प्रश्न खडा गरिएको छ ।’

सानो जागिर खाने अर्थात बर्षमा ४ देखि ५ लाख कमाउनेले राज्यलाई आयकर तिर्नुपर्ने तर, सेयरबजारबाटै अर्वौं कमाउनेलाई छोड्न नहुने उनको भनाई छ । अब नियमित सेयर कारोबार गर्ने व्यवसायीलाई मात्रै तोकेर आयकरको व्यवस्था लागु हुने उनले बताए ।

कतिसम्मको कारोबार गर्नेलाई नियमित व्यवसायी भनिने भन्ने कुरा पनि अब तोक्न लागिएको उनले बताएका छन् त्यसैले अब राजनीतिक पहुँच हुने लगानीकर्ताले भनेका कुरा मात्रै सबै सही नहुने उनले बताए । ‘संगठित र राजनीतिक पहुँच भएका लगानीकर्ताले जे सुकै प्रस्ताव ल्याएपनि ओके हुने, जस्तो सुकै कुरा पनि मान्य हुने भन्ने हुँदैन,’ उनले भने, ‘अब ठुला लगानीकर्ताले पनि तोकिएबमोजिम आयकर तिर्नैपर्छ ।’

गत सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी आर्थिक बर्षको बजेटमा बजेटमा एफपीओको कर र मर्जर तथा एक्विजिसनको कर आगामी चैत मसान्तसम्म तिर्नुपर्ने उल्लेख छ । जसका कारण लगानीकर्ताहरु निरुत्साहित हुने लगानीकर्ताहरु बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL