Logo

रेड्मी १२ सि नेपाली बजारमा, प्रयोगकर्ताहरूलाई प्रिमियम अनुभव प्रदान गर्ने

रेड्मी १२ सि नेपाली बजारमा, प्रयोगकर्ताहरूलाई प्रिमियम अनुभव प्रदान गर्ने



काठमाडौँ । नेपाली स्मार्ट फोन बजारमा उपलब्ध कम मुल्यका सेटहरुमध्य रेड मी १२ सि सबैभन्दा शक्तिशाली सेट भएको कम्पनीले जनाएको छ । सुरुवाती मूल्य करिब रु. १३००० रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरूलाई प्रिमियम अनुभव प्रदान गर्ने जनाइएको छ ।

रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३,४९९ रहेको छ । थप स्टोरेज चाहनेलाई ४ जीबी + ६४जीबी भेरियन्ट मात्र रु १४,४९९. र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

बेस भेरियन्टमा ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्ने पनि जनाइएको छ । यस्तै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको र यसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्नुका ािथै प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्ने जनाइएको छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL