Logo

बजेटको धक्का सेयर बजारमा, खुल्न नपाउँदै उच्च अंकको गिरावट

बजेटको धक्का सेयर बजारमा, खुल्न नपाउँदै उच्च अंकको गिरावट



काठमाडौं । सरकारले बजेटमार्फत यसअघि फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेका तथा मर्जर एक्विजिशनमा जादा लाभ प्राप्त गरेका कम्पनीसँग पनि कर उठाउने घोषणा गरेपछि त्यसको असर सेयर बजारमा देखिएको छ ।

बजेटले विशेषगरी एफपीओ जारी गरी प्राप्त लाभांश वापतबाट वितरित वोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी व्यवस्था गर्दै यसअघि जारी भएका एफपिओको लाभमा समेत कर उठाउने व्यवस्था गरेको हो । यदि त्यसरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८।७९ सम्म हितअधिकारीलाई लाभांश वितरण गरेको भए आयकर ऐन अन्तरगत २०८० मंसिरसम्म कर दाखिला गर्न निर्देशन दिएको छ ।

यसैगरी मर्जर तथा एक्विजिशनमा सौदावाजी गर्दा लाभ (बार्गेन पर्चेज गेन) वापतको आयमा समेत कर तिर्नुपर्ने बजेटमा उल्लेख छ । तर यहिँ आधारमा कर तिर्ने हो भने धेरैजसो बैंक वित्त र बीमा कम्पनीहरु समस्यामा पर्ने भन्दै लगानीकर्ताहरुले आक्रोश ब्यक्त गरेका छन् । जसको असरले गर्दा बजेट आएको भोलिपल्टै सेयर बजारमा उच्च गिरावट आएको छ । बजार खुलेसँगै दोहोरो अंकले घटेको बजार समाचार तयार पर्दासम्म अर्थात ११ः२५ सम्म ३९ अंकले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्