Logo

नेपाल तयारी पोशाक संघको अध्यक्षमा अर्याल, १३ सदस्यीय कार्यसमिति चयन

नेपाल तयारी पोशाक संघको अध्यक्षमा अर्याल, १३ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल तयारी पोशाक संघको अध्यक्षमा चण्डीप्रसाद अर्याल निर्वाचित भएका छन् । उनलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरिएको निर्वाचन कमिटिले जानकारी दिएको छ ।

यसैगरी संघको अन्य पदहरुमा पनि सर्वसम्मतिबाटै नेतृत्व चयन गरिएको छ । जस अनुसार प्रथम उपाध्यक्षमा ईमानसिंह लामा र द्धितियमा भुपेन्द्रकुमार बस्नेत चयन भएका छन् । यसैगरी महासचिवमा अशोककुमार अग्रवाल र सहसचिवमा पशुपतिकुमार पाण्डे निर्वाचित भएका छन् भने कोषाध्यक्षमा संजयकुमार अग्रवाल चयन भएका छन् ।

संघको सदस्यहरुमा राजेश उदास, थोमनाथ वस्याल, भिमकुमार गिरी, वसन्तराज अधिकारी, कृष्णप्रसाद पाण्डे र ललित महर्जन निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष अर्यालले सदस्यपदमा कृष्णप्रसाद पाण्डे र विशेष सल्लाहकारमा आशिषकुमार सेनगुप्तालाई मनोनित गरेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै संघको पहिलो कार्यसमिति बैठकले पूर्व अध्यक्ष किरणप्रकाश साखःलाई सर्वसम्मति रुपमा निवर्तमान अध्यक्षमा मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL