Logo

युएम वाइकको शोरुम बनेपामा, उपत्यका वाहिर थप ५ शोरुम खुल्दै

युएम वाइकको शोरुम बनेपामा, उपत्यका वाहिर थप ५ शोरुम खुल्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । युमए वाइकले बनेपामा शोरुमा संचालनमा ल्याएको छ । आईएमई ग्रूप अन्तरगतको आईएमई अटोमोटिभ्सले बनेपा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

कम्पनीले रोशन अटोमोबाइल्स मार्फत अमेरिकनप्रबिधीको बाइकको शोरुम तथा सर्भिस सेन्टर बनेपामा खोलेको हो । कम्पनीले यस अघि यस अघि कम्पनीले काठमाण्डौ, नाँचघर, जमलमाआफ्नो अत्याधुनिकशो—रुम सञ्चालनमाल्याई सकेको छ ।

उक्त शोरुमको उद्योग बाणिज्य महासंघ, काभ्रेका अध्यक्ष सुरकृष्ण बैद्य, सभासद कन्चनचन्द्र वादे र आइएमई अटोमोटिभ्सका सञ्चालक सन्दिपअग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा रोशन अटोमोबाइल्सका अध्यक्ष रामशरण श्रेष्ठले बनेपामा पनि अमेरिकन प्रबिधिको बाइक भित्र्याउन पाउदाआफूलाई खुसीलागेको र ग्राहकहरुलाई ढुक्क भएर आजको अत्याधुनिक टेक्नोलोजीले सु—सज्जितप्रोडक्टहरु प्रयोग गर्न अनुरोध गरे ।

ime-autometives

यसैगरी, उद्योग बाणिज्य संघ काभ्रेका अध्यक्ष सुरकृष्ण बैद्यले आईएमई समुहले अमेरिकन बाइक नेपालमा भित्र्याएर बनेपामा हाम्रै घर आगनमा अमेरिकन बाइक चढ्न पाउने मौका दिएकामा खुसी ब्यक्त गरे । आइएमई अटोमोटिभ्सका सञ्चालक सन्दिपअग्रवालले अब अमेरिकन प्रबिधिको यूएमबाइकहरु भारतको उत्तराखण्डमा अवस्थित फ्याक्ट्रिबाट उत्पादन सुरु भई सकेको र भारतको प्रायः सबै मुख्यशहरहरुमा समेत यस्को बिक्री सुरु भई सकेको जानकारी दिए ।

आइएमई अटोमोटिभ्सका कार्यकारी प्रमुखक पिलशिवाकोटीले निकट भविष्यमा भारतको फ्याक्ट्रीबाट उत्पादन हुने बाइकहरु नेपालमा िभत्र्याउन लागेको र चाँडै नै नारायणघाट, पोखरा, बुटवल, धरान, दमकजस्ता शहरहरुमा यूएमबाइकका सुविधा सम्पन्न शोरुम तथा सर्भिस सेन्टरहरु खोल्ने तयारी भएको जानकरी दिनु भयो । आइएमई अटोमोटिभ्सले १२५ सिसि क्षमताकाबाइकतथा स्कुटर देखि लिएर ३०० सिसि क्षमताका १५ मोडेलकाबाइकहरु नेपालमा भित्र्याएर बिक्री गरिरहेको उनले जानकारी दिए ।

सन् २००१ मा स्थापनाभएको आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ तथा इन्स्योरेन्स, अटोमोबाइल्स्, इनर्जी (हाइडेल, अद्यौगिकग्यास), ट्राभल–टुर्स्, लजिस्टिक्स्, फर्मास्युटिकल्स्, आइटी तथा रियल इस्टेट्जस्ता विस्तृत विकासोन्मुख क्षेत्रहरुमा लगानी रहेको छ । अटोमोबाइल्स क्षेत्रमा पनि अशोक लेलैण्ड, एस्र्कट कन्स्ट्रक्शन इक्युप्मेन्ट आदिको आधिकारिक बिक्रेताको रुपमाकार्य गरिआएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL