Logo

करिव साढे ५ अंकले घट्यो नेप्से,१ अर्व ४ करोडको कारोवार

करिव साढे ५ अंकले घट्यो नेप्से,१ अर्व ४ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ५ दशमलव ४४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय १८ दशमलव १२ अंकमा झेर बन्द भएको छ । बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ७१ दशमलव ७६ अंकले घटेको छ । सो दिन बीमा समुह ७१ दशमलव ७६,विकास बैंक ६ दशमलव ८१ र फाइनान्स समुह ५ दशमलव ४६ अंक्ले घटेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ३ दशमलव ७२ अंकले ओरालो लागेको छ ।

यता होटल,उत्पादन र अन्य समुहको परिसुचक क्रमशः २६ दशमलव ७९, ५ दशमलव १९ र २ दशमलव ३५ अंकले बढेको छ ।

सो दिन १ सय २८ कम्पनी कारोवारमा आएको थिए । ति कम्पनीको १४ लाख कित्ता सेयरबाट १ अर्व ४ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्