Logo

बजेटप्रति साना व्यवसायी असन्तुष्ट, घरेलु तथा साना उद्योगीलाई समेट्न सकेन

बजेटप्रति साना व्यवसायी असन्तुष्ट, घरेलु तथा साना उद्योगीलाई समेट्न सकेन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लघु उद्यमको बारेमा स्पष्ट कार्यक्रम बिना बजेट आएको भन्दै साना उद्योगी व्यवसायीले गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आसन्न २३ औं राष्ट्रिय महाअधिवेशन तथा २० औं केन्द्रिय महिला उद्यमी सम्मेलन र नेपाल सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०७३ र ७४ को बजेटका सन्दर्भमा महासंघको धारणा सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

महासंघका अध्यक्ष सुरेश प्रधानले उद्योग मन्त्रालय अन्तरगत विनियोजित ७ अर्व ५ करोड मध्ये ठुलो हिस्सा औद्योगिक क्षेत्र र पूर्वाधार विकासमा खर्च हुने र बजेटको अत्यन्तै सानो अंश मात्रै घरेलु तथा साना उद्योग विभाग र विकास समिति मार्फत खर्च हुने परम्परागत प्रणालीभन्दा माथि बजेट उठ्न नसकेको बताए ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले बजेट वक्तव्यमा पटक पटक निर्यात प्रवद्र्घन गर्ने वाक्य प्रयोग भएतापनि निर्यातमुखि उत्पादन बृद्धिमा जोड दिने व्यवस्था र निर्यातलाई प्रोत्साहन गर्न निर्यात प्रोत्साहन सूविधालाई यथावत राखिएको गुनासो गरे ।

भूकम्प र नाकाबन्दीको मारमा परेका लघु घरेलु तथा साना उद्यमीहरूको पुनःउत्थान विशेष कार्यक्रम बिना सम्भव नहुने बताए । साथै यस क्षेत्रका लागि विषेश कार्यक्रम ल्याउन महासंघले पटक पटक गरेको आग्रह बजेटले बेवास्ता गरेको गुनासो गरे । साथै यसले कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ६ प्रतिशतबाट ४ प्रतिशतभन्दा कममा झर्ने निश्चित भएकोले यसलाई बजेटमा पुनरावोलकन गरि लघु घरेलु तथा साना उद्योगको विकासका लागि बिषेश कार्यक्रम ल्याउन महासंघ सरकारलाई हार्दिक गरेका ।

त्यसैगरी आगामी बर्षको कार्यक्रममा सरकारद्धारा जारी गरिएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने कार्यक्रम राखी संकुचित आन्तरिक बजारलाई विस्तार गर्ने वातावरण बनाउन पनि महासंघले आग्रह गरेको छ ।

सहभागीहरुले भुकम्पपछिको पुनः निर्माणलाई प्राथमिकतामा राख्दै पुर्वाधार विकासमा जोड दिनु, सडक सञ्जाल र यातायातको विस्तार, हवाई पूर्वाधार र शहरी विकासका लागि थप कार्यक्रम ल्याउनु यस बजेटका सकारात्मक पक्ष भएको बताए ।

त्यस्तै आगामी दुई वर्षभित्र लोडसेडिङमुक्त गर्ने, लगानीकर्तालाई आकर्षित गर्न आगामी वर्ष लगानी शिखर सम्मेलन गर्ने, चालु आर्थिक वर्षमा उत्पन्न भएको असहज परिस्थितिमा ५० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भएका उद्योगहरुले बुझाउनुपर्ने विद्युतको डिमाण्ड शुल्क छुट दिने जस्ता बिषय बजेटका सकारात्मक व्यवस्थाहरु भएको बताइएको छ ।

यसैवीच नेपाल घरेलु तथा साना उद्योग महासंघको २३ औं राष्ट्रिय महाधिवेशन तथा २०औं केन्द्रिय महिला उद्यमी सम्मेलन आगामी जेठ २४ र २५ गते राजधानीमा सम्पन्न हुदैछ । २७ औं स्थापना दिवसको दिन हुने महाधिवेशनको समुद्घाटन समारोह सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा २०७३ जेठ २४ गते बिहान ९ बजे हुने कार्यक्रम तय भएको छ । महाधिबेशनको बन्द सत्र सोहि दिन प्रज्ञा भवनमै हुने र निर्वाचनको कार्यक्रम जेठ २५ गते स्टाफ कलेज जाउलाखेल ललितपुरमा सञ्चालन हुनेछ ।

यस महाधिवेशनमा ६७ जिल्लाका ३८७ केन्द्रिय प्रतिनिधिहरु र महिला उद्यमी सम्मेलनका २५४ प्रतिनिधिहरु सहभागि हुदैछन । कुल ७१ जिल्लाले केन्द्रको निर्देशन अनुसार समयमै अधिबेशन सम्पन्न गरेपनि तोकिएको समयमामा प्रतिवेदन नबुझाएकाले ४ वटा जिल्लाहरु यस महाधिबेशनमा समावेश हुने छैनन र थप ४ वटा जिल्लाहरुले तोकिएको समयमा जिल्ला अधिबेशन नगरेको हुनाले महाधिबेशनमा समावेश हुने छैनन । यसका अलावा १३ वटा वस्तुगत संघबाट ७८ जना र ४० वटा एशोशिएट सदस्यहरु महाधिबेशनमा सहभागीहुने छन् ।

महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीनवर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यसमिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्