Logo

सात कम्पनीलाई ब्रोकरको लाइसेन्स, कुन–कुन कम्पनीले पाए ?

सात कम्पनीलाई ब्रोकरको लाइसेन्स, कुन–कुन कम्पनीले पाए ?



काठमाडौ । धितोपत्र दलाल (ब्रोकर)व्यवसायका लागि विभिन्न ७ कम्पनीले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको संचालक समितिको बैठकले ७ कम्पनीलाई लाइसेन्सका लागि स्वीकृती दिएको हो । यसअघि बोर्डले विभिन्न ४३ कम्पनीलाई लाइसेन्सका लागि आशयपत्र प्रदान गरेको थियो ।

लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् ।

अनुमति प्राप्त सबै सिमित कार्य गर्ने ब्रोकर कम्पनीहरु हुन्। यसअघि २०६८ सालमा नयाँ ब्रोकर लाइसेन्स वितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्