Logo

नेप्सेमा ८ अंकको वृद्धि, कारोबार रकममा गिरावट

नेप्सेमा ८ अंकको वृद्धि, कारोबार रकममा गिरावट



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ८ अंकको वृद्धि देखिएको छ । आईतबार ५ अंकले बढेको नेप्से सोमबार भने ८.१० अंकले बढ्दै १८ सय ९१ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ७२ कम्पनीका ३४ लाख ९५ हजार ७ सय ५२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ नाघेको छ । जबकी आईतबार कारोबार रकम १ अर्ब ६० करोड नाघेको थियो ।

आज दिनभर भएको कारोबारमा ७८ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ३३ कम्पनीको सेयरमूल्य बढेको छ । जसमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । यो कम्पनीको आज ७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सोल्टी होटलको ६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्