Logo

नेप्सेमा पाँच अंकको वृद्धि हुँदा १ अर्ब ६० करोडको कारोबार, दुई कम्पनीको सेयरमा सर्किट

नेप्सेमा पाँच अंकको वृद्धि हुँदा १ अर्ब ६० करोडको कारोबार, दुई कम्पनीको सेयरमा सर्किट



काठमाडौं । गत साताो अन्तिम दुई दिन लगातार दोहोरो अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आईतबार पनि तिव्र उत्तारचढावसहित उकालो लागेको छ । साताको पहिलो दिन आज नेप्से ५.८८ अंकले बढ्दै १८ सय ८३ को विन्दुमा पुगेर बन्द भएको हो ।

कारोबार समयको सुरुवातिमा लगातार उकालो लागेको नेप्सेले करिव पौने १२ बजेसम्म १९ सयको विन्दु पार गरेको थियो । त्यसपश्चात लगातार ओरालो लागेको बजार सवा २ बजेतिर ४ अंकले घटेको थियो । तर, अन्तिममा सम्हालिएर नेप्से एकल अंकले बढ्न पुगेको हो ।

आज बजार बढेसँगै कारोबार रकम पनि १ अर्ब ६० करोड नाघेको छ । नेप्सेका अनुसार आज कारोबार अवधिभर २ सय ७३ कम्पनीका ४८ लाख २८ हजार ७ सय ७६ कित्ता सेयर ३४ हजार ३ सय ३१ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ पुगेको हो ।

दिनभरको कारोबारमा १ सय १५ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ९३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम सिमेन्टको सबैभन्दा बढी ६ करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्