Logo

हुवावेको ९ वटा स्मार्टफोनको मूल्य घट्यो, विक्रीमा किर्तिमान राखेको उपलक्ष्यमा मूल्य घटाइएको

हुवावेको ९ वटा स्मार्टफोनको मूल्य घट्यो, विक्रीमा किर्तिमान राखेको उपलक्ष्यमा मूल्य घटाइएको


बिजखबर संवाददाता
0
Shares

चिनियाँ मोवाइल कम्पनी हुवावेले नेपालमा बिक्रि हुने ९ वटा मोडलको मूल्य घटाएको छ । हुवेईको पछिल्लोपटक सार्वजनिक भएको मेट ८ मोडलको स्मार्टफोनले बिक्रिमा किर्तिमान राखेको उपलक्ष्यमा मूल्य घटाइएको बताएको छ ।

चार महिनाअघि मात्रै साउथ इष्ट एशियाली बजारमा मेट ८ मोडल सार्वजनिक गरिएको थियो । त्यसयता ‘मेट ८’को ग्लोबल बिक्रि ४० लाख पुगेको हुवेइले जनाएको छ ।

‘ग्राहकले दिएको माया र साथप्रति सम्मान ब्यक्त गर्न मूल्य घटाउने निर्णय गरेका हौं’ हुवेइले भनेको छ । सन् २०१५ मा सार्वजनिक भएको पी ८ मोडलका स्मार्टफोन करिव ५० लाख र मेट ७ स्मार्टफोन ७० लाख थान ग्लोबल सिपमेन्ट भएको कम्पनीले जनाएको छ ।

दुई बर्ष अगाडीमात्र नेपाली बजारमा प्रवेश गरेको हुवावेले छोटो समयमै नेपाली उपभोक्ताको ध्यान तान्न सफल भएको छ । हुवेइले हाल कोरियाली स्मार्टफोन उत्पादक सामसुङसँग नेपाली बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।

जसअनुसार हुवावे मेट एट रु.७१ हजार ९ सय ९९, हुवावे वाई थ्रीसी रु.६ हजार ९ सय ९९, हुवावे जीआर फाइभ रु.२६ हजार ५ सय र हुवावे जिआरथ्री १९ हजार ९ सय ९९रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै वाइसिक्स प्रो १७ हजार ९ सय ९९,वाइसिक्स सिडिएमए १८ हजार ९ सय ९९,जिप्लेमिनी १६ हजार ९ सय ९९, वाइ फाइभ सि ८ हजार ४ सय ९९ मूल्य तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्