Logo

सिटी होटल लिमिटेडको आईपीओ बाँडफाँड, ९ लाख बढी आवेदनकर्ताकाे हातखाली

सिटी होटल लिमिटेडको आईपीओ बाँडफाँड, ९ लाख बढी आवेदनकर्ताकाे हातखाली



काठमाडौं । शुक्रबार बिहान सिटी होटेल लिमिटेडको प्राथमिक सेयर निश्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको थियो ।

शुक्रबार बाँडफाँड गरिएको कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १ लाख ३५ हजार ५ सय ९४ आवेदकले सेयर पाएका छन् । आईपीओमा ११ लाख ७ हजार २ सय १६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता सेयर छुट्याएको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । १० लाख ८७ हजार ६७५ योग्य आवेदक कायम भएका थिए । जसमा ९ लाख बढी आवेदनकर्ताहरु हातखाली भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL