काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको बजार बुधबार २३.३९ अंकले बढ्दै १८ सय ४५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज नेप्से परिसुचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेका अनुसार आज कारोबार अवधिभर २ सय ६६ कम्पनीका २५ लाख ७७ हजार २ सय १० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८५ करोड ७६ लाख २४ हजार ३ सय १८ रुपैयाँ पुगेको हो ।
आज नेप्सेमा उच्च अंकको वृद्धि देखिएसँगै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाँकी २ कम्पनीको सेयरमूल्य सर्किट नजिक पुगेको छ । यससँगै आज १ सय ८७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज शिवम सिमेन्टको सबैभन्दा बढी ५ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज नेपाल टेलिकम र एनआईसी एशिया बैंकको सेयर कारोबार समान ४ करोड ७४ लाख रुपैयाँ बराबरको भएको छ ।