Logo

जदलविद्युत समुह बढ्दा ५ अंकले उकालो लाग्यो नेप्से, चिलिमेको मात्रै साढे १४ करोडको कारोवार

जदलविद्युत समुह बढ्दा ५ अंकले उकालो लाग्यो नेप्से, चिलिमेको मात्रै साढे १४ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारमा नेप्स परिसुचक ५ दशमलव १६ अंकले उकालो लागेको छ । जलविद्युत समुहको परिसुचक उकालो लागसँगै समग्र नेप्से परिसुचक बढ्न गएको हो । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ५ सय ३२ दशमलव १२ अंकमा पुगेर अडिएको छ ।

मंगलबार बजारमा जलविद्युतका साथै, उत्पादनमुलक, होटल, विकास बैंक र अन्य समुहका परिसुचक उकालो लागेका छन् । तर, बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक भने २ दशमलव २१ अंकले ओरालो लागेको छ ।

यसैगरी बीमा र फाइनान्स समुहका परिसुचक पनि ओरालो लागेका छन् । दिनभर कुल १ सय ३६ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ३२ करोड २६ लाख रुपैयाँ बरावरको २४ लाख ८० हजार कित्ता सेयर कारोवार भएको छ ।

मंगलबार सवैभन्दा चिलिमे जलविद्युत आयोजनाको सेयर खरिदविक्री बढी भएको छ । सो कम्पनीको १४ करोड ४२ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी, नेशनल हाइड्रो पावरको पनि ८ करोड ९५ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL