Logo

नेप्सेमा ३ अंकको वृद्धि, कारोबार रकममा उच्च गिरावट

नेप्सेमा ३ अंकको वृद्धि, कारोबार रकममा उच्च गिरावट



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३ अंकको वृद्धि देखिएको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने ३.२१ अंकले बढ्दै १८ सय २१ को विन्दुमा पुगेर रोकिएको हो ।

आज नेप्से परिसुचक उकालो लागेपनि कारोबार रकममा भने ठुलो गिरावट आएको छ । आज कारोबार समयभर २ सय ६९ कम्पनीका २० लाख ६३ हजार ७ सय ३७ कित्ता सेयर १८ हजार ८ सय ८९ पटक खरिद विक्री हुँदा कारोबार रकम जम्मा ६४ करोड १ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ ।

आज सबैभन्दा बढी सेयर कारोबार एनआईसी एशिया बैंकको भएको छ । मंगलबार यो कम्पनीको कुल ५ करोड १ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम सिमेन्ट र नबिल बैंकको समान २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज आत्मनिर्भरलघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

यता ओरालो लाग्ने कम्पनीतर्फ भने आज माईखोला जलविद्युत कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज दिनभर भएको कारोबारमा १ सय ३६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्