Logo

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३.३४ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से अन्तिममा सामान्य अंकले घटेर १८ सय १८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभरको अघिल्लो कारोबार दिनको तुलनामा भने कारोबार रकममा केहि गिरावट आएको छ । सोमबार दिनभर २ सय ६६ कम्पनीका २३ लाख ४१ हजार २ सय ४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७२ करोड ४९ लाख ६९ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन आईतबार भने कारोबार रकम ९० करोड रुपैयाँ नाघेको थियो ।

आज कारोबार भएकामध्ये १ सय ४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ९६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ । बाँकी १९ कम्पनीको सेयरमूल्य स्थिर छ । आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयर कारोबार भएको छ । उक्त कम्पनीको आज दिनभर ३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्