Logo

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम भने ९० करोड नाघ्यो

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम भने ९० करोड नाघ्यो



काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा करिव १७ अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको बजार अन्तिममा १६.९६ अंकले घट्दै १८ सय २१ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर कुल २ सय ६३ कम्पनीका २७ लाख ८८ हजार ८ सय १५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९० करोड ५ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

आज कारोबार भएकामध्ये १ सय ६९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४० कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने बाँकी ९ कम्पनीको सेयरमूल्य स्थिर छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्