Logo

मन्त्रिपरिषदले रोक्यो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण, आवेदन अध्ययन गरिँदै

मन्त्रिपरिषदले रोक्यो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण, आवेदन अध्ययन गरिँदै



काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोकिएको छ । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक लाइसेन्सको आवेदनमा शंका पैदा भएको भन्दै हाललाई लाइसेन्स वितरणमा रोक लगाएको हो ।

हालसम्म नयाँ लाइसेन्स वितरणका रोक्नका लागि मौखिक जानकारी मात्रै आएको भएपनि आजै लिखित जानकारी आउने नेपाल धितोपत्र बोर्डका अधिकारीहरुले बताएका छन् ।

यस्तै यता बोर्डले भने नयाँ लाइसेन्सका लागि आएका आवेदन अध्ययन गर्न समिति बनाएको छ । उक्त समितिले तीन नयाँ आवेदनहरुको अध्ययन गर्ने बताईएको छ । हाल नयाँ स्टकका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् ।

नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको भन्दै गत असोजमै नयाँ कम्पनीका लागि आवेदन माग गरिएको थियो ।

तर, उक्त आवेदनविरुद्ध सर्वाेच्चमा रिट परेपछि गत चैतसम्म प्रक्रिया रोकिएको थियो । तर, सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनीको लाइसेन्स वितरण गर्न बोर्डलाई बाटो खुलेपछि विभिन्न व्यवसायीक घरानाहरुका तीन समुहले नयाँ स्टक एक्सचेन्जका लािग आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्