Logo

४ दशमलव ७१ अंकले बढ्यो नेप्से, १ अर्व १९ करोडको कारोवार

४ दशमलव ७१ अंकले बढ्यो नेप्से, १ अर्व १९ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक ४ दशमलव ७१ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय २६ दशमलव ९६ अंकमा पुगेर बन्द भएको हो ।

सोमवार उत्पादन,जलविद्युत, फाइनान्स तथा अन्य समुहले सेयर बजार बढाएको छ । सो दिन उत्पादन समुह सवैभन्दा बढी १ सय ३३ दशमलव ८८ र जलविद्युत ७६ दशमलव ८९ अंकले बढेको छ ।

त्यस्तै फाइनान्स समुह १२ दशमलव ६९ र अन्य समुहको परिसुचक ९ दशमलव ४ अंकले बढेको छ ।

यता सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक भने ० दशमलव ५ अंक्ले घटेको छ । त्यस्तै बीमा,विकास बैंक र होटल समुह क्रमशः ६ दशमलव ६५,११ दशमलव ८४ र १३ दशमलव १६ अंकले ओरालो लागेको छ । सोमवार १ सय ३३ ओटा कम्पनी कारोवारमा आएका थिए ।

ति कम्पनीको १९ लाख ९१ हजार कित्ता सेयरबाट १ अर्व १९ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्