काठमाडौं । ‘आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने भएका छन् ।
आइएमई पेले आइएमई रेमिटसँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ । साथै पछिल्लो समय देखी आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आईरहेको छ ।
यसैक्रममा अब ग्राहकले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वर्ल्डवाईड क्यास एक्स्प्रेस र इजी रेमिट बाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा १ सय रुपैयाँ बोनस पाउने छन् ।