Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, १६१ कम्पनीका लगानीकर्ताले कमाउँदा ५० कम्पनीकाले गुमाए

सेयर बजारमा दोहोरो अंकको वृद्धि, १६१ कम्पनीका लगानीकर्ताले कमाउँदा ५० कम्पनीकाले गुमाए



काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा १० अंकको वृद्धि देखिएको छ । पछिल्ला दिन लगातार ओरालो लागिरहेको नेप्से आज भने १०.६६ अंकले बढ्दै १८ सय ४४ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर भएको कारोबारमा १ सय ६१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५० कम्पनीको सेयरमूल्यमा भने गिरावट आएकाे छ ।

आज कुल २ सय ६९ कम्पनीका २८ लाख ३६ हजार १ सय ३९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७७ करोड ४७ लाख ६० हजार ६ सय ४७ रुपैयाँ पुगेको छ ।

हिमाल दोलखा जलविद्युत कम्पनीको सबैभन्दा बढी ६ करोड ९६ लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै आज शिवम सिमेन्टको ४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा स्वाभिमान लघुवित्तको ३ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्