काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार २ दशमलव ८४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय २२ दशमलव २५ अंकमा झरेर बन्द भएको हो ।
आइतवार विकास बैंक समुहको परिसुचक सवैभन्दा बढी ९ अंकले घटेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ८ दशमलव ७२ अंकले ओरालो लागेको छ । सो दिन फाइनान्स समुहको परिसुचक पनि ३ दशमलव २७ अंकले घटेको छ ।
यता जलविद्युत,बीमा र होटल समुहको परिसुचक भने क्रमशः ७५ दशमलव ९२, ३८ दशमलव २५र १२ अकक्ले बढेको छ ।
आइतवार १ सय २५ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २१ लाख ७९ हजार कित्ता सेयरबाट १ अर्व १८ करोडको कारोवार भएको छ ।