Logo

साताको पहिलो दिन नेप्सेमा १९ अंकको गिरावट, कारोबार रकम ६० करोडमा सीमित

साताको पहिलो दिन नेप्सेमा १९ अंकको गिरावट, कारोबार रकम ६० करोडमा सीमित



काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज १९.१२ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लाग्न सुरु गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्दै १८ सय ५० को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर २ सय ६३ कम्पनीका २० लाख १५ हजार ९ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा सीमित भएको छ ।

आज कारोबार भएका कुल कम्पनीमध्ये १ सय ८७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा २३ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेका छन् । आज सबैभन्दा बढी कारोबार सिवम सिमेन्टको ३ करोड २२ लाख र मकर जितुमाया सुरु हाईड्रोपावरको १ करोड ८९ लाख रुपैयाँ बराबरको भएको छ ।

प्रतिक्रिया दिनुहोस्