Logo

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । यो साता लगातार ओरालो लागिरहेको नेप्से आज दिउँसो करिव १ बजेदेखि उकालो लाग्दा अन्तिम समयमा १२.७३ अंकले बढ्दै १८ सय ६९ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर २ सय ७६ कम्पनीका २५ लाख ३३ हजार ७ सय १४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७३ करोड २६ लाख ८९ हजार ८ सय ११ रुपैयाँ पुगेको छ ।

आज कारोबार भएका कुल कम्पनीमध्ये १ सय २६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ५० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बाँकी ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्