Logo

थप १३ कम्पनीले पाए ब्रोकर लाइसेन्सको आशयपत्र, यी हुन् आशयपत्र पाउने कम्पनीहरु

थप १३ कम्पनीले पाए ब्रोकर लाइसेन्सको आशयपत्र, यी हुन् आशयपत्र पाउने कम्पनीहरु



काठमाडौं । थप १३ कम्पनीले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका छन् । यसअघि १६ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिईसकेको नेपाल नेपाल धितोपत्र बोर्डको बुधबार बसेको बोर्ड बैठकलेथप १३ कम्पनीलाई आशयपत्र प्रदान गरेको हो ।

बोर्डले गतबर्ष असोज २ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । उक्त लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन दिएका थिए । त्यसमध्ये हालसम्म व्यक्तिगत र वित्तीय संस्था गरी २९ फर्मले लाइसेन्सको आशयपत्र पाएका हुन् ।

व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL