Logo

९ अंकले घट्यो नेप्से, कारोबार ६२ करोडमा सीमिति

९ अंकले घट्यो नेप्से, कारोबार ६२ करोडमा सीमिति



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.१८ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा घट्दै १८ सय ५७ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर २ सय ६५ कम्पनीका २१ लाख ५५ हजार ५ सय ८६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६२ करोड २ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । नेप्सेका अनुसार आज दिनभरको कारोबारमा १ सय ५६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ५१ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको थियो ।

बाँकी १२ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ । आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको ३ करोड ५ लाख र त्यसपछि हिमालय डिस्ट्रीलरीको २ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्