Logo

नेपाली बजारमा शाओमीको माग बढ्दो रहेको दाबी

नेपाली बजारमा शाओमीको माग बढ्दो रहेको दाबी



काठमाडौं । शाओमीले नेपाली बजारमा प्रवेश गर्नु अघि नै प्रशंसकहरूबाट आफ्ना उत्पादनहरूको ठूलो माग देखेको थियो । यसै कारणले आफ्नो लन्च संगै शाओमीले स्मार्टफोन बजारमा एक महत्वपूर्ण सहभागीको रूपमा आफूलाई स्थापित गर्न सक्षम भयो । उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउने मिशन बोकेको शाओमीले सबैका लागि उचित मूल्यमा उच्चतम प्रविधि प्रदान गर्न केन्द्रित छ । शाओमीको यहि दर्शनले नेपाली बजारमा यस ब्रान्डको द्रुत बृद्धि भएको देखिन्छ ।

विश्वव्यापी रूपमा विभिन्न माइलस्टोनहरू हासिल गरेको शाओमीले नेपालमा पनि थुप्रै असाधारण मापदण्डहरू चिन्हित गरेको छ । क्यु३ २०२० मा शाओमी नेपाली बजारमा पहिलो पटक नम्बर १ स्थानमा पुगेको थियो । सोही त्रैमासिकमा, आइडिसि क्ष्म्ऋ अनुसार नेपालमा बिक्री भएका शीर्ष दश स्मार्टफोनमध्ये चार ओटा शाओमीकै उपकरणहरू थिए । सोहि गतिलाई निरन्तरता दिँदै, शाओमीले क्यु४ २०२२ मा पुनः नम्बर १ स्मार्टफोन ब्रान्डको रूपमा छाएको थियो ।

एउटा ब्रान्डलाई निरन्तर बढ्दो प्रतिस्पर्धाको साथ बजारमा स्थापित गर्न र अगाडि बढ्न धेरै कुराको आवश्यकता पर्दछ । मोबाइल उद्योगको सुस्त बृद्धिलाई सम्बोधन गर्न शाओमी नेपालले पोकोफोन यफ ज्ञ जस्ता उत्पादनहरूका लागि अनलाइन एक्सक्लुसिभ ल्यायो जसको साथै नेपाली बजारमा शाओमीले आफ्नो अनलाइन उपस्थिति जनाएको थियो । यसको अफलाइन खुद्रा साझेदारहरू मार्फत, शाओमीले अफलाइन बजार पनि कभर गरेको थियो ।

शाओमीलाई नेपालमा लोकप्रिय बनाउने अन्य चीजहरूमध्ये शाओमी फ्यान कम्युनिटी, दर्शकहरूसँगको ब्रान्ड संलग्नता, हरेक मूल्य खण्डमा उत्कृष्ट उपकरण, ब्रान्ड वफादारी पर्दछ । यसको असाधारण मार्केटिङ रणनीति र दर्शकहरूसँग उच्च संलग्नताका कारण, शाओमीलाई नेपालको स्थानीय उत्पादन पनि मानिन्छ ।उचित मूल्यमा उच्च गुणस्तरको प्रविधि प्रदान गर्ने मिशनलाई शाओमीको उत्कृष्ट उत्पादनहरूले समर्थन गरेको छ ।

मिशन र भिजनलाई सुदृढ पार्न शाओमीले स्थानीय बजारका लागि उपयुक्त विभिन्न स्मार्टफोन, एक्सेसरीज र विभिन्न एयलओटी उत्पादनहरू लन्च गरेको छ । नेपालमा उपलब्द फोनहरूमध्ये शाओमीको रेडमी नोट सिरिज र रेडमी नम्बर सिरिज सबैभन्दा लोकप्रिय रहेका छन् ।शाओमीको पछिल्लो लन्चहरू जस्तै रेडिमी १२ सि, रेडिमी नोट १२ र रेडिमी नोट १२ प्रो ज्ञद्द एचय पनि नेपालमा निकै लोकप्रिय मानिन्छ । रेडिमी १२ सि125 मा रहेको ५०० यमएयच ब्याट्री प्याकले उपभोक्तालाई कुनै झनजट बिना लामो समयसम्म खेल खेल्न, गीतहरू सुन्न, चलचित्रहरू हेर्न र अन्य थप कुराहरूको आनन्द लिन सक्षयम बनाउँछ ।

शाओमीले भर्खरै एयर फ्रायर, मोशन लाइट सेन्सर, टिडब्लुयस इयरफोन, स्मार्ट टिभी, एयर प्युरिफायर र ल्यापटपहरू लगायत धेरै उत्पादनहरू लन्च गरेको छ जुन आकर्षक डिजाइन र गुणस्तरीय हार्डवेयरको प्रयोगका कारण निकै लोकप्रिय मनिन्छन् । शाओमीले सधैं नवीनतम प्रविधि, उच्च गुणस्तरको हार्डवेयर र उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ । आफ्ना उत्पादनहरू देशभर वितरण गर्न आफ्नै आधिकारिक स्टोरहरू खोल्नुको साथै आफ्ना ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न नेपालभर आफ्नै सेवा केन्द्रहरू खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL