Logo

१६ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले दियो एलओआई, स्टक डिलरदेखि सिमिति कार्य गर्नेले पाए अनुमति (सूचीसहित)

१६ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले दियो एलओआई, स्टक डिलरदेखि सिमिति कार्य गर्नेले पाए अनुमति (सूचीसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई नयाँ ब्रोकर कम्पनी संचालनका लागि आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । बोर्डको आज बसेको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार एलओआई पाएका १६ कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पारेपछि ब्रोकर कार्य गर्नका लागि लाईसेन्स पाउने छन् ।

श्रेष्ठका अनुसार नबिल सेक्युरिटिजले स्टक डिलरको रुपमा र मेघा स्टक मार्केटले पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा एलओआई पाएको छ । यस्तै अन्य १४ वटा कम्पनीले भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रुपमा एलओआई पाएका हुन् ।

एलओआई पाउने कम्पनीहरुको सूची

प्रतिक्रिया दिनुहोस्
MBL