Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ९५ करोडमा सीमित

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ९५ करोडमा सीमित



काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन बिहानैदेखि ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम कारोबार समयमा १९.११ अंकले घट्दै १८ सय ७० को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार समयभर २ सय ७१ कम्पनीका ३२ लाख ६ हजार ४ सय ५० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७ रुपैयाँ पुगेको छ ।

दिनभर भएको कारोबारमा १ सय ८९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्