Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार दोहोरो अंकको सुधार देखिएको नेप्सेमा बुधबार भने १३.६८ अंकको गिरावट आउँदा परिसुचक १८ सय ९२ को विन्दुमा झरेको छ ।

आज नेप्से परिसुचकमा गिरावट आएपछि कारोबार रकममा पनि हिजोको तुलनामा गिरावट आएको देखिन्छ । बुधबार दिनभर २ सय ६४ कम्पनीका २५ लाख ७१ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८४ करोड ७० लाख २८ हजार रुपैयाँ नाघेको छ । मंगलबार भने कारोबार रकम ८८ करोड ५५ लाख रुपैयाँ नाघेको थियो ।

आज १ सय ७२ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बाँकी ४० कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्