Logo

१७ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

१७ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । पछिल्ला दिनमा केहि घटिरहेको बजार आज भने १७.३६ अंकले बढ्दै १९ सय ५ को विन्दुमा पुगेर रोकिएको हो ।

आज परिसुचक उकालो लागेसँगै हिजोको तुलनामा कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेका अनुसार आज २ सय ६४ कम्पनीका २७ लाख ५ सय ७० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८८ करोड ५५ लाख ७८ हजार २ सय ७० रुपैयाँ पुगेको छ । आज १ सय ६८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा बाँकी ४४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्