Logo

सामान्य बढ्यो नेप्से, १ अर्व ३८ करोडको कारोवार

सामान्य बढ्यो नेप्से, १ अर्व ३८ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ० दशमलव ९७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय २५ अंकमा पुगेर बन्द भएको हो ।

विहीवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन उत्पादन समुहको परिसुचक ६३ दशमलव ३१ अंकले बढेको छ ।

त्यस्तै बीमा समुह ५८ दशमलव ६,जलविद्युत २० दशमलव ९२, विकास बैंक ३ दशमलव ७७ र फाइनान्स समुहको परिसुचक ३ दशमलव ६२ अंकले उकालो लागेको छ । सो दिन होटल समुहको परिसुचक ३५ दशमलव ८९ अंकले घटेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभव रहेकोबैंकिङ र अन्य समुहको परिसुचक क्रमशः ४ दशमलव ६६ र १ दशमलव १८ अंक्ले ओरालो लागेको छ । विहीबार १ सय ३२ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको २६ लाख कित्ता सेयरबाट १ अर्व ३८ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्