Logo

केएल दुगड समूहले ल्यायो ज्ञान ब्राण्डको मह, नेपाली बजारमा सबैतिर उपलब्ध

केएल दुगड समूहले ल्यायो ज्ञान ब्राण्डको मह, नेपाली बजारमा सबैतिर उपलब्ध



काठमाडौँ । के.एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्धेश्यले यस महको उत्पादन शुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।

खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि ल्याएको जनाइएको छ । ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम र १ केजीको प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL