Logo

नयाँ स्टक एक्सचेन्जलाई लिएर सेबोन विरुद्ध मुद्दा हाल्ने तयारी, के हुन्छ हिमालयनको वैधता ?

नयाँ स्टक एक्सचेन्जलाई लिएर सेबोन विरुद्ध मुद्दा हाल्ने तयारी, के हुन्छ हिमालयनको वैधता ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि नै स्टक एक्सचेन्जका लागि आवेदन माग आवेदन परेको कम्पनीको नाममा पुनः आवेदन दिन स्वीकृति दिएपछि कानूनी अड्चन आएको छ । यसअघि २०६६ सालमा रमेशकुमार भट्टराई लगायतका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ स्टक एक्सचेन्जका लागि निवेदन दिएका थिए । तर, बोर्डले हालसम्म उक्त पुरानो निवेदन उपर कुनै टुंगो नलगाई सोही नाममा नयाँ स्टक एक्सचेन्जका लागि आवेदन लिएपछि कानूनी अड्चन आएको हो ।

तत्कालिन समयमा निजी क्षेत्रलाई पनि स्टक एक्सचेन्ज खोल्न दिने सरकारको निर्णयअनुसार विभिन्न १८ ओटा कम्पनीहरुले संयुक्त रुपमा हिमालयन स्टक एक्सचेन्जको नाममा सेबोनमा निवेदन दिएका थिए । उक्त समुहको अध्यक्षमा तत्कालिन एशियन लाईफका प्रवन्ध संचालक र हाल महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई थिए । उक्त समुहमा एशियन लाईफसहित १८ कम्पनीहरुका संचालकको लगानी रहेको थियो ।

त्यसबेला उक्त समुहले धितोपत्र बोर्डमा आवेदन दिएर आवेदन स्वीकृत पनि भईसकेको थियो । बीचमा पुनः रोकिएर निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिने निर्णयबाट सरकार पछि हट्यो । त्यसपश्चात पनि हिमालयन स्टकलाई बेलाबेलामा धितोपत्र बोर्डले पत्राचार समेत गर्दै आएको थियो । तर, एकाएक त्यहि नाममा नयाँ समुहले स्टकका लागि आवेदन गरेपछि तत्कालिन अध्यक्षसहितको समुहले बोर्ड र नयाँ कम्पनीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । ‘हामीले पहिल्यै दर्ता गरेको नाममा नयाँ समुहले दर्ता गर्न खोज्दा सजिलै आवेदन लिईएको छ,’ भट्टराईले भने, ‘हाम्रो निवेदन खारेज गरिसकेपछि नयाँ निवेदन लिएको भए हाम्रो आपत्ति थिएन ।’

उनले २०६६ सालमै पेश गरिएको हिमालयन स्टकको नामको निवेदन खारेज गरेर नयाँ निवेदन लिएको भए कुनै आपत्ति नहुने बताए । तर, सोही नाममा नयाँ कम्पनीको आवेदन लिँदा यसको कानुनी उपचारमा जाने समेत उनले जानकारी दिए । ‘कसरी कानूनी उपचारमा जाने भन्ने विषयमा समुहमा छलफल गर्नेछौं,’ उनले भने, ‘छलफलपछि कसरी अघि बढ्ने भन्ने विषयमा ट्ङ्गो लगाईनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL