Logo

हकप्रद सेयर निष्काशनमा बोर्डले ल्यायो नयाँ व्यवस्था, ५ दिनमै स्वीकृति

हकप्रद सेयर निष्काशनमा बोर्डले ल्यायो नयाँ व्यवस्था, ५ दिनमै स्वीकृति


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समय अघि हकप्रद निष्काशनमा क्रेडिट रेटिङको व्यवस्था हटाएको धितोपत्र बोर्डले नयाँ नियम ल्याएर थप सहज बनाएको छ । नयाँ व्यवस्था अनुसार बोर्डले अधिकतम १२ भित्र हकप्रद निष्कासनको स्वीकृति दिने बताएको छ । तर, आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ५ कार्यदिन भित्र हकप्रद निष्कासनको स्वीकृति सकिने उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप बैंक तथा वित्तीय सस्थाको पुँजी बृद्धिमा सहयोग गर्ने उद्देश्य अनुरुप उक्त व्यवस्था गरिएको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पहिलेनै सेयर खरिद गरिसकेका लगानीकर्ताका लागि निष्कासन हुने भएकोले यसमा कडाइ गर्नुपर्ने वाध्यात्मक अवस्था छैन ।

जारी विज्ञप्ती अनुसार बोर्डले सो प्रयोजनका लागि आवश्यक थप जनशक्ति थपेर सकेसम्म छिटो निर्णय दिने भएको छ । हकप्रद निष्कासनको अनुमतिका लागि निवेदन प्राप्त भएको ७ दिनभित्र अध्ययन सकेर आवश्यकता अनुसार सुधार वा संशोधनका लागि सुझाव दिने निर्णय बोर्डले गरेको छ ।

यस अघि हकप्रद निष्कासनको स्वीकृति लिन १ महिना भन्दा बढी लाग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL