Logo

नेप्सेमा १८ अंकको गिरावट, कारोबार रकम ८२ करोडमा सीमित

नेप्सेमा १८ अंकको गिरावट, कारोबार रकम ८२ करोडमा सीमित



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा १८ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १८.८० अंकले घट्दै १८ सय ८५ को विन्दुमा पुगेको हो ।

आज २ सय ६५ कम्पनीका २७ लाख ३४ हजार ३ सय ७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँमा सीमित भएको हो ।

आज दिनभर भएको कारोबारमा १ सय ८८ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । त्यसमध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्