Logo

नेप्सेमा करेक्सन, एकैदिन २० अंकले घट्यो, कसले किन्यो वंगलादेशको १२ करोडको सेयर ?

नेप्सेमा करेक्सन, एकैदिन २० अंकले घट्यो, कसले किन्यो वंगलादेशको १२ करोडको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्ला २ दिन उच्च रुपमा बढ्दै सवै रेकर्ड तोडेकोे नेप्से परिसुचकमा बुधबार करेक्सन भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च विन्दुमा पुगेको नेप्से परिसुचक आज २० दशमलव ४१ अंकले ओरालो लागेको हो ।

बजार खुलेको केही बेरमै उच्च रुपमा घटेको नेप्से परिसुचक १ बजेतिर केही बढेको थियो । तर, बजार पुनः स्थिर रहन नसकी ओरालो लागेको हो । बुधबार नेप्से परिसुचक १ हजार ५ सय २४ दशमलव १२ अंकमा झरेर अडिएको छ ।

बुधबार बजारा प्रभाव पार्ने बैंकिङ् समुहको परिसुचक २६ अंकले ओरालो लागेको छ । यसैगरी अघिल्ला दिनमा उच्च रुपमा बढेको बीमा समुहका परिसुचक १ सय ३५ अंकले घट्न पुगेको छ । बजारमा विकास बैंक र जलविद्युत समुहका परिसुचक समान्य बढ्दा अरु सवै समुहका परिसुचक ओरालो लागेका छन् । बैंक र बीमा समुह उच्च रुपमा घट्दा समग्र नेप्से परिसुचक घट्न गएको हो ।

दिनभर कुल १ सय ३७ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ बरावरको १९ लाख १४ हजार कित्ता सेयर खरिदविक्री भएको छ । बुधबार कारोवार रकमा पनि गिरावट आएको छ ।

बजारमा सवैभन्दा बढी नेपाल बंगलादेश कम्पनीको सेयर कारोवार भएको छ । सो बैंकको १२ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री भएको छ । यसैगरी, शिखर इन्स्योरेन्को झण्डै ८ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL